एक लाख घुससहित लेखा अधिकृत पक्राउ

1.2k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख रुपैयाँ घुससहित लेखा अधिकृतलाई पक्राउ गरेको छ।

दैलेखको डुंगेश्वर गाउँपालिकाका लेखा अधिकृत(सातौ तह) टंक बहादुर कार्कीलाई बिहीबार अख्तियारको टोलीले पक्राउ गरेको हो।

आयोगको केन्द्रीय कार्यालय र सुर्खेत कार्यालयबाट खटिएको टोलीले उनलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ मंगलगडी चोकबाट पक्राउ गरेको हो । सडक स्तरोन्नतीको बिल भुक्तानीका लागि उनले ठेकदारसँग एक लाख रुपैयाँ घुस लिएका हुन् ।