
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलाको २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ८ सय रुपैयाँले बढेर २ लाख १६ हजार पुगेको हो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलाको २ हजार ५२० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर २ हजार ५८० रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।








प्रतिक्रिया