ध्वस्त संसद् भवन निरीक्षणमा पुगे तीन मन्त्री (तस्बिरहरू)

154
Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगनी भएको संघीय संसद भवनको निरीक्षणका लागि अर्थ, गृह र भौतिक पूर्वाधार मन्त्री पुगेका छन् ।

भदौ २३ गते जनजी प्रदर्शनकारीले संसद भवनमा आगजनी गरेका थिए ।

नवगठित सुशीला कार्की नेतृत्वको मन्त्रिमण्डलका अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जासहित भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ संसद भवनको अवलोकनमा गएका हुन् ।

मन्त्रीहरूले सचिवहरूसँग ब्रिफिङ लिएका थिए ।