साउनमा महँगीदर झनै घट्यो, खाद्य तथा पेय पदार्थ समूहको महँगीदर ऋणात्मक

175
Shares

काठमाडौं । साउनमा महँगीदर झनै घटेको छ । २०८२ साउनको वार्षिक बिन्दुगत मुद्रास्फीति १.६८ प्रतिशत मात्रै रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अझै खाद्य तथा पेय पदार्थ समुअको महिँगिदर ऋणात्मक रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । खाद्य तथा पेय पदार्थ समुहमा रहेको बस्तुकोको औसत मूल्य २०८१ साउनको तुलनामा २०८२ साउनमा घटेको हो ।

२०८२ साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.२८ प्रतिशतले ऋणात्मक रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । तर, गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

२०८१ साउनमा खाद्य तथा पेय पदार्थ समूहको महँगीदर ६.१७ प्रतिशत र गैर खाद्य तथा सेवा समुहको महँगीदर २.९४ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समुहको बस्तुहक्रुो औसत मूल्य गत वर्षको साउनको तुलनामा घटेको छ । तर गैर खाद्य तथा सेवा समुहका बस्तु तथा सेवाको मूल्यवृदिर भने अघिल्लो वर्षको भन्दा बढेको हो ।

साउनमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.९७ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ४.६४ प्रतिशत र फलफूलको ३.०१ प्रतिशतले बढेको छ । तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १८.५६ प्रतिशत, मरमसलाको ४.८१ प्रतिशत र माछा तथा मासुको २.४१ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.६० प्रतिशत, शिक्षाको ७.६७ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.८४ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ५.०६ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.६८ प्रतिशतले बढेको छ । बीमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ०.२२ प्रतिशतले घटेको छ ।

साउनमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १.६५ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १.७० प्रतिशतले बढेको छ ।

प्रदेशगत रूपमा साउन महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.८४ प्रतिशत, मधेश प्रदेशको १.८६ प्रतिशत, बागमती प्रदेशको १.६७ प्रतिशत, गण्डकी प्रदेशको १.०३ प्रतिशत, लुम्बिनी प्रदेशको १.३५ प्रतिशत, कर्णाली प्रदेशको १.७९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ०.३१ प्रतिशत रहेको छ ।

सुदूरपश्चिम प्रदेशको महँगी दर सबैभन्दा कम रहेको देखिन्छ ।
साउनमा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.२६ प्रतिशत, तराईको १.३३ प्रतिशत, पहाडको १.५६ प्रतिशत र हिमालको २.५९ प्रतिशत रहेको छ ।

२०८२ साउनको वार्षिक विन्दुगत थोक मुद्रास्फीति २.३७ प्रतिशत छ । २०८१ साउनमा यस्तो मुद्रास्फीति ३.६६ प्रतिशत थियो । साउनमा उपभोग्य वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति ६.५७ प्रतिशत रहेको, मध्यवर्ती वस्तुको ०.१२ प्रतिशतले ऋणात्मक र पुँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति २.९६ प्रतिशत छ । साउनमा निर्माण सामग्रीको थोक मूल्य सूचकांक ४.०८ प्रतिशतले बढेको छ ।

२०८२ साउनमा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.६८ प्रतिशत हुँदा सन् २०२५ अगस्ट महिनामा भारतमा यस्तो मुद्रास्फीति २.०७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।