कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आगजनी

77
Shares

काठमाडौं । आन्दोलनकारी युवाहरूले सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा तोडफोड गर्दै आगजनी गरेका छन् ।

सोमबार जेनजीले गरेको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि आज बिहानैदेखि देशका विभिन्न भागमा आन्दोलन चर्किरहेको छ।

यसै बीच कांग्रेसको केन्द्रीय कार्यलायमा तोडफोड र आगजनी भएको हो ।

ठूलो संख्यामा रहेका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले नसक्दा उनीहरूले कार्यालय कब्जा गरेका हुन् । यसअघि एमाले मुख्यालयमा पनि प्रदर्शनकारीले आगजनी गरेका थिए ।