
रुपन्देही । सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध भइरहेको जेनजी पुस्ताको आन्दोलन सोमबार रुपन्देहीमा हिंसात्मक बनेपछि कर्फ्यु आदेश जारी गरिएको छ ।
आन्दोलनकारीहरूले पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता बालकृष्ण खाँणको घरमा ढुंगामुढा गर्दै तोडफोड गरेका छन् । बिहानैदेखि प्रदर्शनमा निस्किएको समूहले घरको मुख्य गेटमा क्षति पुर्याउनुका साथै केही सिसा फुटाएका छन् ।
प्रदर्शनकारीहरूले नेपाली कांग्रेस रुपन्देही र एमाले रुपन्देहीका कार्यालयमा समेत ठूलो क्षति पुर्याएका छन्। बुटवलस्थित एमाले प्रदेश कार्यालयमा उनीहरूले करिब दुई घन्टा घेराउ गरी ढुंगामुढा गरेका थिए ।
कांग्रेस पार्टी कार्यालयमा रहेका दुई गाडी, चार मोटरसाइकल तोडफोड भएको छ ।
आन्दोलन अराजक बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सोमबार दिउँसो ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ ।








प्रतिक्रिया