
काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंलाई लक्षित गर्दै यस वर्ष पनि सुकिला नोट सटहीको व्यवस्था गर्ने भएको छ ।
राष्ट्र बैंककाअनुसार भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट सटही सुविधा उपलब्ध हुनेछ ।
गत वर्षदेखि नयाँ नोट सटही नगरी केवल सुकिला नोट मात्र सटही गरिएकोमा यस वर्ष पनि त्यही व्यवस्था लागू गरिएको हो ।
सुकिला नोट सटही सुविधा राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथलीसहित विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक कार्यालयहरूमा उपलब्ध हुनेछ ।
राष्ट्र बैंक बाहेक विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमार्फत पनि सर्वसाधारण तथा वित्तीय संघसंस्थाले सुकिला नोट सटही सुविधा लिन सक्ने व्यवस्था गरिएको छ ।









प्रतिक्रिया