दशैंको मुखैमा अण्डाको मूल्य बढ्यो, अब एउटाकै २३ रुपैयाँ

294
Shares

काठमाडौं । बजारमा अण्डाको मूल्य बढेको छ । अबदेखि ठूलो अण्डाको भाउ प्रतिगोटा २३ रुपैयाँ पर्नेछ ।

यसैगरी जोडीको ४५ रुपैयाँ पर्नेछ । प्रतिबाक्सा होलसेल मूल्य ४ हजार रुपैयाँ तथा खुद्रा मूल्य ४ हजार १ सय ५० रुपैयाँ पर्ने बताइएको छ ।

चाडपर्वको मुखमा अण्डाको भाउ बढेको हो । अबदेखि ठूलो अण्डाको प्रतिक्यारोट मूल्य (३० वटा) ५ सय ४५ रुपैयाँ र मझौता अण्डाको ५ सय ३० रुपैयाँ पर्नेछ ।

नेपालमा अण्डाको दैनिक उत्पादन ४० लाखभन्दा बढी हुने गरेपनि अहिले २२ लाखको हाराहारीमा झरेको छ ।

यसअघि गत असार २० गते अण्डाको भाउ बढाइएको थियो ।