
काठमाडौं । काठमाडौबाट सुर्खेतका लागि उडान भरेको बुध्द एयरको जहाज डाइभर्ट गरिएको छ ।
वीरेन्द्रनगरको मौसम प्रतिकुल भएपछि जहाज दाङको तुलसीपुर आकाशबाट नेपालगञ्जतर्फ डाइभर्ट गरिएको हो।
बुध्दको उडान नम्बर १३७ जहाज बिहीबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको सुर्खेतको मौसम खराब भएपछि नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको हो ।
वीरेन्द्रनगरको मौसम खराब भएपछि विमान नेपालगञ्जमा अवतरण भएको हो । त्यहाँ पछिल्लो एक घण्टामा २७ मिलिमिटर वर्षा मापन भएको छ ।








प्रतिक्रिया