केडिया अर्गनाइजेशनको ब्रिज ग्लास इन्डष्ट्रिजले गर्‍यो ४० करोडको व्यापार

336
Shares

काठमाडौं । केडिया अर्गनाइजेशनको ब्रिज ग्लास इन्डष्ट्रिज प्रालिले गत आर्थिक वर्षमा ४० करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा ३९ करोड ७० लाख रुपैयाँ र सन् २०२३ मा ३४ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीअनुसार गत आवमा कम्पनीको व्यापार १ प्रतिशतले बढेको उल्लेख गरेको छ । अर्थतन्त्रमा देखिएको सुस्तताका कारण निर्माण क्षेत्रले गति लिन नसक्दा व्यापारमा कमी आएको जनाएको छ । त्यस्तै कम्पनीले गत आवमा ८ प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२४ मा ३ प्रतिशत मात्रै खुद नाफा कमाएको थियो ।

सन् २०१७ मा स्थापना भएको कम्पनीले ग्लास उत्पादन गर्दै आएको छ । कम्पनीले दैनिक १२ हजार स्क्वारफिट ग्लास उत्पादन गर्दै आएको छ । कम्पनीले ग्लास उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भारत र मलेसियाबाछ आयात गर्दै आएको छ ।

मनोज केडिया अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५० करोड ९० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २३ अर्ब ९० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २७ करोड रुपैयाँको रेटिङ गराएको हो ।