
काठमाडौं । काठमाडौं महानगरका नगरप्रहरी प्रमुख राजु पाण्डेले व्यक्तिको जग्गा कब्जा गरेर रकम लिइ घर बनाउन दिएकोले मनोहरास्थित सुकुम्बासी बस्तीमा डोजर चलाउनु परेको बताएका छन् ।
शुक्रबार मनोहरा करिडोरमा बनेका नयाँ संरचनामा नगरप्रहरीले डोजर चलाएको थियो । नगर प्रहरीले नेपाल प्रहरीलाई साथ लिएर डोजर चलाउन पुगेको थियो ।
वर्षातको समयमा आफूहरुलाई घरबार विहीन बनाएको भन्दै स्थानीयले प्रतिकार गर्दै प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए भने नगर र नेपाल प्रहरीले बल प्रयोग गरेर हटाएका थिए ।
‘घटनापछि महानगर प्रहरी प्रमुख पाण्डेले कुनै व्यक्तिको लालपुर्जा एउटा समितिले कब्जा गरेर विभिन्न मान्छेहरूलाई २-४ लाख लिएर घर बनाउन दिएको पाइयो,’ उनले भने, ‘यहाँ घर भत्काइएकोलाई सोध्दा उनीहरूले पनि २ देखि ५ लाखसम्म जग्गाको पैसा दिएर घर बनाएको भनेका छन्।’
नयाँ बनाएको ८-१० वटा टहरा भत्काएको उनले बताए ।








प्रतिक्रिया