
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी २ वर्ष भित्रमा भृकुटीमण्डपमा अन्तर्रास्ट्रिय स्तरको प्रदर्शनी केन्द्र बन्ने बताएका छन् ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’को उद्घाटन कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
‘बजेटमा हामीले कार्यान्वयन नगर्न कुनै पनि विषय उल्लेख गरेका होइनौं । एक वर्षमा नसकिएला तर, कम्तिमा २ वर्षमा हामी भृकुटीमण्डपमा अन्तर्रास्ट्रिय स्तरको प्रदर्शनी केन्द्र बनाउने छौं,’ मन्त्री पौडेलले भने, ‘यसले उधोगी ववसायिलाई सहज गरि प्रदर्शन गर्न ठाउँ प्राप्त हुन्छ ।’
उनले प्रदर्शनी स्थल तथा त्यहाँ हुने विभिन्न कार्यक्रमहरूमा समेत सरकारले चासो राख्ने र सहभागी हुने बताए । सरकार सडक पूर्वाधार विकासमार्फत दिगो आर्थिक वृद्धिमा टेवा पुर्याउने योजनाका साथ अघि बढिरहेको उनले स्पष्ट गरे ।








प्रतिक्रिया