सुनको मूल्य घट्यो, कति पुग्यो ?

336
Shares

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ५०० रुपैयाँले घटेको हो ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सो मूल्य १ लाख ९३ हजार ६ सय रुपैयाँ थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेर तोलामा २ हजार २३५ रुपैयाँमा झरेको छ । बिहीबार चाँदीको मूल्य तोलामा २ हजार २७० रुपैयाँ थियो।