स्काइ टावरमा पीसी डोम हाउसको शुभारम्भ, कस्तो प्रविधि ?

539
Shares

काठमाडौं । आइडिया फर वर्ल्ड ट्रेडिङ प्रालिले काठमाडौंको कमलादीस्थित स्काइ टावरमा पीसी डोम हाउस तथा २४ वटा अन्तराष्ट्रिय स्तरका नवीनतम उत्पादनको औपचारिक शुभारम्भ गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यतामा यसको सुरुवात गरिएको हो ।

त्यस अवसरमा प्रालिका निर्देशक सन्तोष सुवेदीले संस्थाको मूल नारा प्रभावका लागि नवप्रवर्तन प्रगतिका लागि साझेदारी रहेको बताए ।

पीसी डोम, अर्थात् पोलिकार्बोनेट डोम घर, रेष्टुरेन्ट, क्याफे, रिसोर्ट, गार्डेनदेखि अफिससम्म प्रयोग गर्न मिल्ने एक किसिमको पारदर्शी, हल्का र उच्चगुणस्तरीय छाना हो । यो डोम आकारको संरचना अत्याधुनिक डिजाइनसहित, प्राकृतिक प्रकाश भित्र्याउने क्षमता र मौसमको सुरक्षा दिने विशेषताले भरिपूर्ण छ ।

“हिला ग्रीनहाउस वा औद्योगिक क्षेत्रम सीमित देखिने पीसी डोम अहिले भने घरघरमै यसको माग बढ्दै गएको छ । घाम पानी छेक्ने मात्र होइन, यसको पारदर्शी डिजाइनले आकाशसँगको सम्बन्ध पनि जीवित राख्छ ।