मंगलबार सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

336
Shares

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा वृद्धि देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार रुपैयाँ पुगेको छ ।

सोमबार सो सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँ थियो । यसअनुसार आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।

त्यसैगरी, चाँदीको मूल्य भने बढेको छ । सोमबार प्रतितोला २ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यो अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँले बढी हो ।