
काठमाडौं । थाईल्यान्ड र कम्बोडियाबीच पछिल्ला केही दशकदेखि सहकार्य र प्रतिद्वन्द्विता दुवैको सम्बन्ध रहँदै आएको छ ।
दुई देशबीच ८१७ किलोमिटर लामो भूमि सीमा छ, जुन मुख्यतया फ्रान्सले कम्बोडियालाई उपनिवेश बनाएर शासन गर्दाको समयमा नक्साङ्कन गरिएको थियो ।
यो सीमा विभिन्न समयमा सैन्य झडपको केन्द्र बन्ने गरेको छ भने राजनीतिक तनावको स्रोत पनि रहँदै आएको छ । पछिल्लो झडप भएको क्षेत्रसमेत विवादास्पद भूमि क्षेत्रमै पर्छ, जसको विषयमा कम्बोडियाले यसअघि संयुक्त राष्ट्रसंघअन्तर्गत अन्तर्राष्ट्रिय अदालतमा समाधान खोज्ने प्रयास गरिसकेको छ।
तर थाईल्यान्डले भने सो अदालतको अधिकार क्षेत्रलाई मान्यता दिँदैन । थाई पक्षले सीमाको केही भू–भाग अझै पूर्ण रूपमा नक्साङ्कन भइनसकेको र जसमा केही प्राचीन मन्दिरसमेत पर्ने दाबी गर्दै आएको छ।
११ औँ शताब्दीमा बनेको युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत ‘प्रेह भिहेयर मन्दिर’ वरपर सन् २०११ मा यस्तै एक विवादित क्षेत्रमा थाई र कम्बोडियाली सेनाबीच हिंसात्मक झडप भएको थियो। उक्त झडपमा कम्तीमा २० जनाको मृत्यु भएको थियो भने हजारौं मानिसहरू विस्थापित भएका थिए ।
पुनः देखिएको सीमा तनावले दुई देशबीचको सम्बन्धमा पुनः चुनौती थपिएको छ ।








प्रतिक्रिया