कुन आर्थिक वर्षमा सडक विभागले गर्‍यो सबैभन्दा बढी पुँजिगत खर्च

168
Shares

काठमाडौं । सडक विभागले आर्थिक वर्ष २०७४/७५ मा सबैभन्दा बढी पुँजिगत खर्च गरेको छ ।

विभागले पछिल्लो दश वर्षको अवधीमा सबैभन्दा बढी पुँजिगत खर्च त्यो आर्थिक वर्षमा खर्च गरेको हो । सरकारले विभागको लागि त्यो आर्थिक वर्षमा ८९ अर्ब २८ करोड ५९ लाख ५१ हजार रुपैयाँ बिनियोजन गरेको थियो । जसमध्ये ९१.७२ प्रतिशतका दरले ८१ अर्ब ८९ करोड ७५ लाख रुपैयाँ पुँजिगततर्फ खर्च भएको थियो ।

दश वर्षको अवधिमा सबैभन्दा कम भने आर्थिक वर्ष २०७८/५९ मा पुँजिगत खर्च भएको पाइएको छ । त्यो आर्थिक वर्षमा सरकारले १ खर्ब ३९ अर्ब १३ करोड ३० लाख रुपैयाँ बिनियोजन भएको थियो । तर त्यो वर्ष ५२.१९ प्रतिशतका दरले ७२ अर्ब ६२ करोड ३८ लाख ४९ हजार रुपैयाँ मात्रै पुँजिगततर्फ खर्च भएको छ ।

आर्थिक वर्ष २०७४/७५ पछि सबैभन्दा बढी २०७३/७४ मा सबैभन्दा बढी पुँजिगत खर्च भएको थियो । यो आर्थिक वर्षमा ७२ अर्ब १९ करोड ५१ लाख रुपैयाँमध्ये ८८.४९ प्रतिशतका दरले ६३ अर्ब ८९ करोड २० लाख रुपैयाँ पुँजिगततर्फ खर्च भएको थियो ।

Skip This