
काठमाडौं । बुंगल हाइड्रो लिमिटेडले आइतबार (असार २९) देखि वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयबासिन्दाका लागि आईपीओ खुला गरेको छ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ७ हजार ५०० कित्ता र स्थानीय बासिन्दाका लागि ८ लाख ३० हजार कित्ता सेयर निष्कासन गरेको हो ।
स्थानीय सेयरमध्ये ६५% अर्थात ५ लाख ३९ हजार ५०० कित्ता अति प्रभावित क्षेत्र—बझाङको बुंगल नगरपालिका वडा ६ र ७ का बासिन्दाका लागि छुट्याइएको छ। बाँकी ३५% अर्थात २ लाख ९० हजार ५०० कित्ता सामान्य प्रभावित क्षेत्र—बुंगल नगरपालिकाका अन्य वडाका बासिन्दाका लागि हो ।
स्थानीयले साउन ११ देखि २६ गतेसम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन ११ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।
प्रतिकित्ता १०० रुपैयाँ दरमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन गर्न सकिनेछ ।
यस आईपीओको बिक्री प्रबन्धक हिमालयन क्यापिटल हो । स्थानीयले विभिन्न बैंक शाखामार्फत आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले सी-आस्बा प्रणाली प्रयोग गर्नुपर्नेछ ।








प्रतिक्रिया