१२ अंकले बढ्यो नेप्से, ४६ करोडको कारोबार




काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक १२ अंकले बढेको छ । सोमबार नेप्से १४४३.८० विन्दुमा अडेको छ ।

नेप्सेका अनुसार आज १ सय ५७ कम्पनीका ८ लाख ५५ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । ४६ करोड ४६ लाख ३९ हजार रुपैयाँको कारोबार भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै ८ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । इन्स्योरेन्सको सेयर १८ सय ७५ रुपैयाँमा कारोबार भएको छ ।

बैंकिङ समूह ९.०५, ट्रेडिङ समूह १.२७, विकास बैंक ६.६२, जलविद्युत समूह ३.२३, वित्तिय समूह ३.७३, बीमा समूह १२२.१६, उत्पादन मूलक समूह २.८, अन्य समूह १२.७६ र माइक्रोफाइनान्स २.८५ अंकले बढेका छन् ।

यस्तै, होटल समूह १७.३७ अंकले घटेको छ ।

मल्टीप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले ९.०६ अंकले कमाएका छन् ।

एनआइबीएल प्रगति फण्ड ५.५ र फस्र्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक प्रमोटर सेयरका लगानीकर्ताले ५.२३ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु