
एजेन्सी । अमेरिकाले इजरायललाई ५१ करोड डलर बराबरको घातक हतियार बिक्री गर्ने भएको छ ।
विदेश मन्त्रालयले सोमवार गरेको घोषणामा उल्लेख भएअनुसार, बीएलयू–१०९ बमलाई दिशानिर्देश गर्ने ३ हजार ८४५ वटा जोइन्ट डिरेक्ट अट्याक म्युनिशन गाइडेन्स किट्स अमेरिकाले इजरायललाई बेच्ने भएको हो । त्यससँगै अमेरिकाले एमके ८२ बमका लागि आवश्यक ३ हजार २८० वटा केएमयू–५७२ एफ/बी जेडीएएम किट्स पनि बेच्ने भएको छ ।
यसले इजरायललाई वर्तमान र भविष्यका जोखिमहरूको सामना गर्दै उसका सिमाना, महत्त्वपूर्ण पूर्वाधार र आवासीय क्षेत्रहरूको सुरक्षा गर्ने क्षमता बढाउने डिफेन्स सिक्योरिटी कोअपरेशन एजेन्सीले बयान जारी गरेर जनाएको छ ।
इजरायलले गाजापट्टिमा आक्रामक कारवाही जारी राखेको बेलामा अमेरिकाले हतियार बिक्रीको घोषणा गरेको हो ।
सन् २०२३ को अक्टोबरदेखि इजरायली आक्रमणका कारण ५६ हजार ५०० भन्दा बढी प्यालेस्टाइनीहरूको मृत्यु भइसकेको छ ।
सोमवार मात्र इजरायलको हवाई आक्रमणका कारण ९७ प्यालेस्टाइनीहरूको मृत्यु भएको थियो ।
गाजामा सर्वसाधारणको मृत्यु भइरहेकोमा इजरायललाई अमेरिकाले सैन्य सहयोग गरिरहेको भनी आलोचना गरिएको छ ।








प्रतिक्रिया