
काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
बुधबार सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार २ लाख ८८ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य बुधबार ९ सय रुपैयाँले घटेको हो ।
बुधबार चाँदीको मूल्य ५५ रुपैयाँले घट्दै ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।






प्रतिक्रिया