गार्डियन माइक्रो लाइफमा म्युचुअल फण्डको लकइन सकिँदै


काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले सामूहिक लगानी कोष (म्युचल फन्ड) लाई छुट्याएको सेयरको लकइन अवधि ४ साउनमा सकिने भएको छ ।

कम्पनीले आइतबार एक सूचना प्रकाशति गर्दै म्युचल फन्डलाई छुट्याएको १ लाख १२ हजार ५ सय कित्ता सेयर साउन ४ गते सकिन लागेको कम्पनीले जानकारी गराएको छ ।

कोषले खरीद गरेको धितोपत्रको लकइन अवधि ६ महिना मात्रै रहने भएकाले सो सेयरको लकइन अवधि सकिन लागेको कम्पनीले जानकारी गराएको छ।