सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर गयो भूकम्प, १० वर्षअघि आजकै दिन गएको थियो विनाशकारी भुँइचालो

385
Shares

काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ ।

शुक्रबार बिहान ११ बजेर ५३ मिनेटमा सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यो गोरखा भूकम्पको चार म्याग्निच्युडमाथिको ६०३ औँ परकम्प हो । ०७२ वैशाख १२ अर्थात आजकै दिन बिहान ११:५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७.९ म्याग्निच्युडको विनाशकारी भूकम्पको शुक्रबार १० वर्ष पूरा भएको छ ।