दिपल इभीको ‘छुटाउनै नमिल्ने’ प्रि-बजेट अफर सार्वजनिक

49
Shares

काठमाडौं । इभी ब्रान्ड दिपलको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले दिपल इभी खरिद गर्ने सोच गरेका ग्राहकलाई आकर्षक अफरहरुसहितको ‘अनमिसेबल’ (छुटाउनै नमिल्ने) प्रि-बजेट स्किम अफर ल्याएको छ ।

बजेट आउनुभन्दा पहिलो सार्वजनिक गरिएको यो स्किम बेजोड स्टाइल र अद्वितीय फिचरहरुले भरिएको दिपल इभीलाई आकर्षक अफरहरुसहित खरिद गर्ने यो अनुपम समय हुने कम्पनीले जनाएको छ ।

अनमिसेबल प्रि–बजेट अफर’ मा ग्राहकले अहिलेसम्मकै राम्रो नगद छुट र ग्राहकको पुरानो गाडीमा एक्सचेञ्ज बोनसको व्यवस्था गरिएको छ । साथै, ग्राहकले आर्थिक वर्ष २०८२/८३ को निःशुल्क रोड ट्याक्स र कम्प्रिहेन्सिभ अटो प्लस बिमा पनि पाउने कम्पनीले जनाएको छ ।

दिपल इभीको खरिद गर्ने सपनालाई सहज बनाउन एमएडब्लु वृद्धिले २० प्रतिशत डाउनपेमेन्टमै ८.९९ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

बैशाख १० गतेदेखि ४५ दिनसम्म चल्ने यो अफरमा ग्राहकले निःशुल्क ७ किलोवाटको वाल चार्ज र ३ किलोवाटको ट्राभल चार्जर पनि पाउनेछन् ।

बजारमा विद्युतीय सवारीसाधनमा कर बढ्ने हल्ला फैलिरहेको बेला दिपल इभीलाई आकर्षक अफरहरुसहित पुरानो मूल्यमा खरिद गर्ने यो नै अन्तिम मौका हुनसने दाबी गरेको छ ।

नेपालमा सार्वजनिक भएको मात्र एक वर्षमा आठसय भन्दा बढी बिक्री रेकर्ड राखेर दिपल नेपालको नं १ लक्जरी इभी ब्रान्डका रुपमा आफूलाई स्थापित गरिसकेको दाबी गरेको छ । हाल नेपालमा दिपलको एस०७, एस०७ एल, एल०७ र ई०७ गरी चार प्राविधिक रुपमा उच्च कोटीको इभी मोडेल छन् ।

यी इभीहरुमा ‘जेस्चर कन्ट्रोल’, ‘एआर–एचयुडी’, ‘सनफ्लावर टचस्क्रिन’ जस्ता १० भन्दा बढी ‘इन्डस्ट्री–फस्र्ट’ फिचर उपलब्ध छन् । ग्राहकको सहजता तथा इभी इकोसिस्टमलाई मलजल गर्न एमएब्लु वृद्धिले हाल नेपालका १०० भन्दा बढी स्थानमा चार्जिंग स्टेसन संचालन गर्दै आएको छ ।