शिक्षक आन्दोलन‍मा गएपछि हरिनास गाउँपालिकाले भन्यो: पढाइ भएको दिनदेखि मात्र तलब

875
Shares

काठमाडौं । स्याङ्जाको हरिनास गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई पठनपाठनका लागि उपस्थित हुन आग्रह गरेको छ ।

हरिनास गाउँपालिकाले सूचना जारी गर्दै गाउँपालिकाभरका विद्यालयहरुका शिक्षक,कर्मचारी तथा वालविकास शिक्षकहरुको विद्यालयमा पढाइ भएको दिनदेखिको मात्रै तलव निकास हुने जनाएको छ ।

देशभरका सामुदायिक विद्यालयका शिक्षकहरु विभिन्न माग राखि काठमाडौंमा आन्दोलनमा केन्द्रित हुँदा विद्यालयमा भर्ना अभियान र पठनपाठन हुन सकेको छैन ।