शिक्षकहरुको आन्दोलन चर्किएपछि शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

1.3k
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् ।

बालुवाटार निकट स्रोतका अनुसार मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाएकी हुन् ।

शिक्षकहरूको आन्दोलन जारी रहेको समयमा उनले राजीनामा दिएकी छिन् ।