
काठमाडौं । सरकारले यही चैत ७ गतेभित्र (आइतबारसम्ममा) सामाजिक सञ्जालाई दर्ता हुन सार्वजनिक सूचना जारी गरेको छ। सामाजिक सञ्जाल फेसबुक, इन्ट्राग्रामसहितलाई दर्ता हुन दिएको समयसीमा आगामी आइतबार सकिँदै छ ।
आइतबार कार्यालय समयभित्र नेपालमा फेसबुकसहिताक सामाजिक सञ्चालन दर्ता नभए बन्द गरिदिने चेतावनी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दिएको छन् । उनले शुक्रबार सञ्चारिका समूहले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेपालको कानूनअनुसार दर्ता नभए फेसबुकसहितका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्नसक्ने बताएका छन् ।
गुरुङले भने ‘नेपालमा सञ्चालन भएका फेसबुकलगायत सामाजिक सञ्जालका सञ्चालकहरुले दर्ता गर्ने समयसीमा सकिन लाग्दा समेत दर्ता प्रक्रियामा आएका छैनन् । नेपालको संविधान, ऐन तथा कानूनअनुसार तोकिएको समयमा दर्ता नभए त्यस्ता सामाजिक सञ्जालहरुमाथि प्रतिवन्ध लगाउन सकिने सकिन्छ ।’
उनले देशको स्वाभिमान बिथोल्ने गरी सामाजिक सञ्जालमा विभिन्न प्रचारप्रसार हुने गरेको भन्दै त्यसको नियमन हुनुपर्ने बताए । फेक आइडी बनाएर समाजमा विकृति निम्त्याउने तथा हिंसाको प्रवर्धन हुनेगरी सामाजिक सञ्जालमा प्रचार हुने गरेको बताउँदै गुरुङले भने यस्तै विकृति नियन्त्रण गर्न दर्ता हुनुपर्ने व्यवस्था गर्न खोजिएको हो । सामाजिक सञ्जालहरु नेपालमा दर्ता नभएकै कारण सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक रोकिएको पनि उनको दाबी छ ।
उहाँले भने ‘हामीले भनेका छौँ सामाजिक सञ्जालको प्रयोग र सञ्चालनको नियमन गर्ने विधेयक ल्याएका छौँ । त्यो विधेयक राष्ट्रिय सभामा मैले प्रस्तुत गरिसकेको छु तर त्यो बीचमा गएर रोकिराखेको छ । किन रोकिएको छ भन्ने सबैलाई थाहा छ । आज सोसल मिडिया प्लेटफर्म जस्लो चलाइरहेको छ नि जस्ले सञ्चालन गर्छ । त्यो सञ्चालन गर्नेहरुले यो मुलुकको संविधान मान्नु पर्ने कि नपर्ने ? उनले भने ‘गुगल, टिकटक, फेसबुक, ह्वाट्एप यिनीहरुले नेपालमा काम गर्ने भएपछि नेपालको कानून मान्ने कि नमान्ने ? नेपालको संविधान मान्नु पर्ने कि नपर्ने ? यहाँ दर्ता हुनुपर्ने कि नपर्ने ?’ मन्त्री गुरुङले प्रश्न गरे ।
मन्त्री गुरुङले भने उनीहरुले जे खालको कन्टेन्टहरु पस्कन्छ त्यसबाट हाम्रो नेशनल युनिटी, राष्ट्रिय स्वाधिनताको बारेमा बोलिदियो भने र त्यसले समाजमा ठूलो प्रभाव सिर्जना गर्यो भने त्यसलाई हामीले के गर्ने गुरुङले थपे, ‘प्रेस फ्रिडमलाई खोस्ने भनेको होइन । जसले जे लेखेपनि भा’छ, फेक आइडी बनाएर मनपरी लेखिरहेको छ । समाजिक सद्भाव भड्काइरहेको हुन्छ । हाम्रो जातीय सद्भाव भड्काइरहेको हुन्छ । धार्मिक सहिष्णुतालाई भड्काइरहेको छ । पहिला पनि हामीले तीन महिनाको सूचना जारी गरेको दर्ता गर्न आउ भनेर । अहिले एक महिनाको सूचनाको दुई-तीन दिन बाँकी छ कोही आउँदैन ।’
सामाजिक सञ्जालका रुपमा मेटाले फेसबुक, मेसेन्जर, ह्वाट्सएप, इन्स्टाग्राम चलाउँछ दर्ता गर्न किन आउँदैन ? मन्त्रीले प्रश्न गरे। फेसबुकले नेपाल सरकारलाई नगरेको भन्दै गुरुङले आक्रोस पोखे ‘उसले भन्ने गरेको छ नोपलको कुल जिडिपीभन्दा त हाम्रो जिडिपी बढी, वार्षिक बजेटभन्दा हाम्रो धेरै गुणा बढी भन्दै घमण्ड तथा अहंकार गरेर बसेको छ । त्यो घमण्ड गरेर बस्यो भने प्रतिबन्ध लाग्छ ।’







प्रतिक्रिया