
काठमाडौं । तीनकुने घटनाका कमान्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आज अनुमति दिएको हो ।
राजावादीले चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजना गरेको आन्दोलनमा भएको हिंसाका संलग्न
प्रसाईं र उनका बडिगार्ड दीपक खड्कालाई प्रहरीले भारतबाट बिहीबार पक्राउ गरेर आज काठमाडौं ल्याएको छ ।
दुई जनाको ज्यान जाने गरी भएको बर्बरतापूूर्ण घटनामा सय दर्जनौ घाइते भएका छन् । घाइतेमध्ये केहीको अझै उपचार भइरहेको छ ।
उक्त आन्दोलनमा प्रसाईले निषेधीत क्षेत्र तोड्दै प्रहरीलाई पेलेर गाडी लगाएका थिए । आन्दोलनमा भएको भिडलाई प्रसाईले भडकाएका थिए । त्यसपछि प्रहरीले सुरक्षा स्थिती मजबुत बनाउने क्रममा सयौ सेल अश्रुग्यास दर्जनौ गोली फायर गरेको थियो ।










प्रतिक्रिया