
काठमाडौं । नेपाल प्रहरीले चैत १५ गतेको तीनकुने घटनाका नाइके दुर्गा प्रसाईं पक्राउ नपरेको बताएको छ ।
प्रहरीको प्रधान कार्यालयले व्यवसायी प्रसाईं पक्राउ नपरेको बताएको हो । विभिन्न सञ्चारमाध्यममा प्रसाईं भारतको सिक्किममा पक्राउ परेको समाचार सार्वजनिक भएको थियाे ।
यस्ता समाचार सार्वजनिक भएपछि प्रसाईंको सचिवालयले भारतको सिक्किम प्रहरीमा प्रसाईले आत्मसमर्पण गरेको दाबी गरेको छ । तर, प्रहरी केन्द्रीय प्रवक्ता डिआईजी दिनेश कुमार आचार्यले प्रसाईं पक्राउ नपरेकाे दाबी गरेका छन् ।











प्रतिक्रिया