निर्माण व्यवसायी यक्षध्वज कार्की पक्राउ, १६ लाखको हिसाव नमिल्दा प्रहरीको नियन्त्रणमा

1.8k
Shares

काठमाडौं । निर्माण व्यवसायी यक्षध्वज कार्की पक्राउ परेका छन् । नेपाल निर्माण व्यवासायी महासंघका पूर्व अध्यक्ष कार्की १६ लाख रुपैयाँको हिसाव नमिल्दा पक्राउ परेका छन् । दाेलखा गाैरिशंकर ८ का ६९ वर्षिय कार्की हाल नयाँवानेश्वरमा बस्दै आएका थिए ।

कार्की निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहसँग पराजित भएका व्यक्ति हुन । उनले विनोदकुमार महतोलाई १६ लाख २८ हजार ५ सय रुपैयाँ नतिरेपछि काठमाडौं जिल्ला अदालतले २०७९ असार २८ गते उक्त रकमसहित एक वर्ष कैद सजाय सुनाएको थियो ।

त्यसयता कार्की फरार रहेका थिए । कार्कीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलिले विहीबार काठमाडौंको नयाँवानेश्वरबाट पक्राउ गरेको प्रहरी उपरिक्षक अंगुर जीसीले बताए ।

उनलाई फैसला कार्यान्यनको लागि शुक्रबार काठमाडौं जिल्ला अदालत लैजाने प्रहरीले जनाएको छ । पक्राउ परे लगत्तै कार्कीले आफू अहिले प्रहरीको नियन्त्रणमा रहेको बताएका छन् ।

उनले लेदनदेनको विषयमा आफू पक्राउ परेको बताए । कार्कीले क्लिकमान्डुसँग भने ‘सानोतिनो लेदनेदको विषय त सबैसँग हुन्छ ।’ कार्की स्काई विल्डर्स प्रालि र लालिगुराँस प्रालिका सञ्चालक हुन ।