प्रहरीको फन्दामा परेका दुर्गा प्रसाईलाई पठाएर मञ्चमा भाषण गरेका नेतालाई अश्रुग्यास बर्साएः अध्यक्ष लिङ्देल

735
Shares


काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देलले प्रहरीको फान्दामा परेका दुर्गा प्रसाईलाई ढुक्कले निकालेर पठाएको र मञ्चमा भाषण गरिरहेका नेताहरुलाई तपाईले अश्रु्ग्यास बर्साएको दाबी गरेका छन् ।

पार्टीले आज बल्खुुमा आयोजना गरेको बिरोध सभामा उनले यस्तो दाबी गरेका हुन् । प्रहरीलाई किचौला जसरी आएको दुर्गा प्रसाइलाई पक्राउ गर्न सक्ने भएपनि त्यसो हुन नसकेको बताए ।

‘प्रहरीको फान्दामा परेका दुुर्गा प्रसाईलाई ढुक्कले निकालेर पठाउनुभो’ उनले भने ‘मैले प्रसाईलाई पक्राउ गर्नुपर्छ भनेर भन्न खोजेको होइन, तर ‘मञ्चमा भाषण गरिरहेका नेताहरुलाई तपाईले अश्रुग्यास बर्साउनुभयो ।’

राज्य के चाहन्छ भन्ने यही घट्नाले देखिएको उनको बताए । अब जनता मुर्ख भएर नबस्ने, सूचना कसैले पनि लुकाउन नसक्ने उनको तर्क छ ।

Skip This