भेनेजुएलाबाट तेल र ग्यार किन्ने देशलाई २५% कर लगाउने ट्रम्पको घोषणा

476
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल र ग्यास खरिद गर्ने कुनै पनि देशलाई २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।

ल्याटिन अमेरिकी देशले दशौं हजार अपराधीहरूलाई संयुक्त राज्य अमेरिका पठाएको आरोप लगाउँदै ट्रम्पले यस्तो घोषणा गरेका हुन्।
‘यदि उनीहरूले भेनेजुएलाबाट तेल किन्छन् भने, उनीहरूले संयुक्त राज्य अमेरिकासँग व्यापार गर्न २५ प्रतिशत कर तिर्नुपर्नेछ’ ट्रम्पले भने ।

ट्रम्पले बारम्बार मेक्सिको ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोर जस्ता ल्याटिन अमेरिकी देशहरूलाई संयुक्त राज्य अमेरिकामा अपराधीहरू पठाउने आरोप लगाए ।

ट्रम्प प्रशासनले हालै २०० भन्दा बढी भेनेजुएला आप्रवासीहरूलाई एल साल्भाडोरमा निर्वासन गर्न युद्धकालीन कानून १७९८ को एलियन एनिमीज एक्ट लागू गर्ने निर्णय गरेको छ ।