
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति सिफारिसका लागि सरकारले सोमबार तीन सदस्यीय समिति गठन गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा दुई सदस्य राखेर समिति गठन गरेको हो । उक्त समितिका सदस्यमा अर्थविद् विश्व पौडेल र पूर्व गभर्नर विजयनाथ भट्टराई सदस्य छन् ।
यसअघि कै मन्त्रिपरिषद्ले निर्णय गरे पनि परराष्ट्रमन्त्री आरजू देउवा राणाको हस्तक्षेपका कारण गभर्नर सिफारिस समितिले काम गर्न सकेको थिएन । जसका कारण मन्त्रिपरिषद्को निर्णय माइन्युट हुन सकेको थिए । राणा भारत भ्रमणबाट फर्किएसँगै आजको मन्त्रिपरिषद्ले पुन निर्णय गरेको हो । अब निर्णय माइन्युट भएसँगै समितिले काम थाल्ने छ ।
यो समितिले नेपाल नयाँ गभर्नरको नाम सरकारलाई सिफारिस गर्ने छ । समितिले एक जना डेपुटी गभर्नरलाई राखेर तीन जनाको नाम सिफारिस गर्ने छ । यही समितिले सिफारिस गरेको नाममध्येबाट सरकारले नयाँ गभर्नर नियुक्त गर्ने छ ।
चैत २४ गतेदेखि गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिने भएपछि सरकारले केन्द्रीय बैंककमा नयाँ नेतृत्व चयन गर्नु पर्ने भएको हो । राष्ट्र बैंक ऐनमा सामान्यतया १ महिना अगाडिनै गभर्नर नियुक्ति गरेर सार्वजनिक जानकारी गराउनुपर्ने व्यवस्था छ । गभर्नर अधिकारीको कार्यकाल सकिन १३ दिन बाँकी रहँदासम्म पनि सरकारले गभर्नर नियुक्तिको औपचिरक प्रक्रिया अघि बढाउन सकेको छैन ।
प्रतिक्रिया