सेयर बजार २७ सयबाट ओर्लियो, कारोबार रकम ४ अर्ब मात्रै

140
Shares

काठमाडौं । सेयर बजारको मापक नेप्से सूचक मंगलबार २७ सयको अंकबाट ओर्लिएको छ । बजार ७.६६ अंकले घट्दा नेप्से २६ सय ९७.०४ विन्दूमा झरेको हो ।

मंगलबार ८२ कित्ता सेयरको किनबेचबाट जम्मा ४ अर्ब ३४ करोड रुपैयाँको कारोबार भएको छ । एकैदिन १५३ कम्पनीको सेयर मूल्यव घट्दा ८६ कम्पनीको मात्रै बढेको छ भने ४ वटाको कारोबार नै नभए ।

मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कमाउनेमा महिला लघुवित्त वित्तीय संस्था र हिमालयन हाइ«ोपावर रहेको छ । यी दुई कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

आजको कारोबामा सबैभन्दा बढी गुमाउनेमा सामुदायिक लघुवित्त वित्तीय संस्था रहेको छ यसको सेयर मूल्य ८.२१ प्रतिशतले घटेको छ ।

बजार घटेको दिन सबैभन्दा बढी कारोबार गर्नेमा हिमालयन रिइस्योरेन्स रहेको छ । यसको ३२ करोड ११ लाख रुपैयाँको सेयर कारोबार एकैदिनमा भएको छ ।

Skip This