स्वरोजगार लघुवित्त एफपीओ बाँडफाँट, ३ जना बने भाग्यमानी

1.4k
Shares

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको थप सार्वजनिक निष्कासन आज बाँडफाँट भएको छ ।

एफपीओको बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार सेयरमा आवेदन दिएका मध्ये १९ हजार ५७७ जनाले गोलाप्रथामार्फत सेयर हात पारेका छन् ।

सेयर हात पारेका मध्ये ३ जनाले ११ कित्ता र १९ हजार ५७४ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । १७ लाख ८० हजार ४५७ जना आवेदकले २ करोड १७ लाख १५ हजार ७५० कित्ताको लागि आवेदन दिएका थिए । जसमा २ हजार ६६४ जना आवेदकको आवेदन रद्द भएको छ ।

कम्पनीले फागुन १८ देखि २१ गतेसम्म १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँको १ लाख ९५ हजार ७७३ कित्ता सेयर निष्कासन गरिएको थियो ।

एफपीओको नतिजा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट, स्वरोजगार लघुवित्तको वेबसाइटबाट, सीडीएससीले आईपीओ नतिजा हेर्न बनाएको वेबसाइट र मेरो सेयर मार्फतबाट थाहा पाउन सकिने छ ।