सेयर बजारमा सामान्य गिरावट, १० अर्ब बढीको कारोबार

84
Shares

काठमाडौं । केही दिन लगातार घटेको बजारमा बिहीबार भने सामान्य गिरावट देखिएको छ ।

बजार मापन गर्ने सूचक २.७० अंकले बढेर परिसूचक २८१८.४३ बिन्दु कायम भएको छ । ३१० कम्पनीको १ करोड ९० लाख ४१ हजार ५१४ कित्ता सेयर १० अर्ब १० करोड १८ लाख १७ हजार ६८१ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको घटेको छ । कारोबारमा गार्डियन माइक्रो लाइफ, भुगोल इनर्जी, उपकार लघुवित्तको सेयर मूल्यमा सर्किट लागेको छ ।

कारोबारमा बैंकिङ, विकास बैंक, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधन समूहको उपसूचक बढेको छ भने अरु समूहका उपसूचक घटेका छन् ।