
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो ।
आज कार्यालय समयसम्म आवेदकले आवेदन दिन सक्नेछन् । कम्पनीले फागुन १८ गतेदेखि प्रतिकित्ता सय रुपैयाँका दरले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबर १ लाख ९५ हजार ७७३ कित्ता सेयर निष्कासन गरेको हो ।
एफपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ निष्कासन गरेको जनाएको छ ।
प्रतिक्रिया