ललितपुर महानगरले पाटनमा पर्यटकलाई बग्गीमा घुमाउने, ई-बग्गी परीक्षण (तस्बिरहरु)

322
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका ई–बग्गी परीक्षण गरेको छ ।

आन्तरिक तथा वाह्य पर्यटकहरूलाई महानगरपालिका भित्रका मठमन्दिर लगायत सम्पदा क्षेत्रहरू धुमाउनका लागि महानगरले अहिले ई–बग्गी परीक्षण गरेको नगरप्रहरी प्रमुख सीताराम हाछेथुले बताए ।

एक महिना परीक्षण गरेपछि अन्य ४ वटा ई–बग्गी किनी महानगरले सञ्चालनको योजना बनाउने उनले बताए।

अहिले होटल गुडविलसँग सहयोगमा महानगरले ई–बग्गी परीक्षण गरिरहेको छ।

महानगरले पर्यटकलाई पुल्चोक, मंगलबजार, महाविहार, पाटन सुन्धारा, घुमाउन ई–बग्गीको अवधारणा बनाएको हो ।

तस्बिर: नेपाल फोटो लाइब्रेरी/क्लिकमान्डु