केपी ओली कपको फाइनल हेर्न विश्वकप विजेता इटालीयन किपर बुफोन नेपाल आए

560
Shares

काठमाडौं । इटालीलाई फिफा विश्वकप जिताएका गोलकिपर जियानलुइजी बुफन नेपाल आइपुगेका छन् । उनी ‘केपी ओली कप फुटबल’ को फाइनल खेल अवलोकन गर्न काठमाडौं आएका हुन् ।

आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले बुफनलाई स्वागत गरे ।

सन् २००६ मा बुफनले इटालीलाई फिफा विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनले इटालीको राष्ट्रिय टोलीका लागि १७६ खेल खेलेका छन् जसमा ८० खेलमा कप्तानी गरेका थिए । उनले पाँच पटक विश्वकप प्रतियोगितामा सहभागिता जनाएका थिए ।

‘केपी ओली कप फुटबल’ को फाइनल खेल सोमबार साँझ ६ बजे दशरथ रंगशालामा मछिन्द्र एफसी र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

उनलाई नेपाल ल्याउन अयोजक युवा संघले मोटो रकम खर्चिएको छ । उनलाई नेपाल ल्याउन करिब डेढ करोड रूपैयाँ खर्च गरिएको स्रोतको दाबी छ ।