
काठमाडौं । केपी ओली कपको फाइनलमा लागि इटालियन विश्व विजेता गोलरक्षक जियानजुइजी बुफोन केपी ओली कप फुटबलको फाइनल खेलमा नेपाल आउँदैछन्।
प्रतियोगिताको फाइनल खेल सोमबार हुँदैछ । त्यसका लागि बुफोन आइतबार नेपाल पुग्नेछन् । पहिलो पटक नेपाल आउन लागेका बुफोनले नेपाली समर्थकहरुलाई फाइनलमा भेट्ने भिडियो सन्देश पनि पठाएका छन् ।
नमस्ते सबैजनालाई । जिजी बुफोन हेयर । म मार्च पहिलो साता केपी ओली कपको फाइनलको चिफ गेस्टको रुपमा आउँदछु । सबेलाई त्यहाँ भेटौँला’, उनले भनेका छन् ।
उनी केपी ओली कप फुटबलको फाइनल खेलमा प्रमुख अतिथिको रुपमा आउन लागेका हुन् । युवा संघले आयोजना गरेको प्रतियोगिताको फाइनलमा उनलाई बोलाउन आयोजकले डेढ करोड खर्च गरेको छ ।
आयोजक युवा संघले आज हुने सेमिफाइनल खेलमा सुरुवातमा रंगशाला छिर्ने २५० जना समर्थकलाई फाइनलको टिकट उपलब्ध गराउने पनि घोषणा गरेको छ।
आज पहिलो सेमिफाइनल खेलमा संकटा क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लब भिड्दैछन् ।
प्रतिक्रिया