
काठमाडौं । पियोर इनर्जी कम्पनीले फागुन २० गतेदेखि आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले स्थानीयलाई प्रति कित्ता सय रुपैयाँका दरले १ करोड ६० लाख रुपैयाँको १ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
यस्तै १ लाख ४४ हजार कित्ता सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागेको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालले न्यूनतम १० देखि अधिकतम ७ हजार २०० कित्तासम्म आवेदन दिन पाउनेछन् ।
यस्तै आयोजना प्रभावितले न्यूनतम १० देखि अधिकतम १६ हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।
स्थानीयले आईपीओमा चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा चैत २० गतेसम्म आवेदन दिन पाउनेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले चैत ५ गतेसम्म आवेदन दिन पाउनेछन् ।
स्थानीयले बाँकेको खजुरास्थित सौर्य विद्युत उत्पादन केन्द्र, तथा नबिल बैंकको कोहलपुर र नेपालगन्जबाट आवेदन दिन सक्नेछन् ।
लक्ष्मी सनराइज बैंकको कोहलपुर र नेपालगन्ज शाखा, सिद्धार्थ बैंकको खजुरा, न्यूरोड नेपालगञ्ज, र वीपी चोक तथा कुमारी बैंकको चिसापानी, खजुरा, कोहलपुर, सुर्खेतरोड नेपालगन्ज र रिमझिम बजारको शाखाबाट आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
यसको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।
प्रतिक्रिया