
काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले फागुन २२ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले १८ करोड ४५ लाख रुपैयाँको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख २५ हजार कित्ता आईपीओ जारी गरिसकेको छ भने ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषलाई जारी गरिसकेको छ ।
सेयरमा फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा माग अनुसार आवेदन नपरेमा चैत ७ गतेसम्म आवेदन दिन सकिनेछ ।
आवेदन न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ ।
प्रतिक्रिया