नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओको तलब भत्ता ३ करोड बढी

784
Shares

काठमाडौं । गत आर्थिक वर्षका नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई ३ करोड ६ लाख ३४ हजार रुपैयाँ तलब भत्ता बापत भुक्तानी गरेको छ ।

बैंकले गत आवमा सीईओलाई तलब बापत १ करोड ६० लाख ७६हजार, भत्ता बापत १ करोड ७ लाख १७ हजार, दशैं भत्ता बापत २२ लाख ३३ हजार, संचय कोषबापत १६लाख ८ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

बैंकले सीईओलाई तलब भत्ताका साथै पानी, बिजुली र टेलिफोन महशुलको बिल अनुसारको भुक्तानी गर्ने गरेको जनाएको छ ।
बैकले सीईओलाई सवारी चालक, ईन्धन तथा मर्मत सम्भार सहित सवारी साधन दिईएको छ ।

सीईओलाई बोनस ऐन अनुसार बोनस, उपदान, जीवन बीमा, औषधोपचार बीमा, दुर्घटना बीमा पत्रपत्रिका र ३ जना सुरक्षा गार्डको व्यवस्था गरेको जनाएको छ । सीईओको तलब बाट राज्यले ३९ प्रतिशत कर पाएको छ ।