पञ्चेश्वर परियोजनालाई अगाडि बढाउनेबारे भारतसँग छलफल भएको छः ऊर्जामन्त्री

42
Shares

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालले टनकपुर बाँधबाट महाकाली नदीको पानी चाँडै पाउने बताएका छन् ।

‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिएर स्वदेश फर्किएका उर्जामन्त्री खड्काले भारत भ्रमणका क्रममा टनकपुर बाँधमा चाँडै पानी छोड्ने विषयमा सहमति भएको जानकारी दिए ।

सिंचाईतर्फ पञ्चेश्वर परियोजनालाई अगाडि बढाउनेबारेमा अन्तिम टुंगो लगाउने बारे छलफल भएको जानकारी दिए । मन्त्री खड्काले कोशीको विषयमा पनि केही छलफल भएको जानकारी दिए ।

दुई देशबीचको सिंचाई ब्यबस्थापनको बैठक हुन नसकेको अबस्थालाई चिर्दै यही २२/२४ फेब्रुवरीमा छलफल गर्ने सहमति भएको उनले बताए ।

दुई देशबीच संयुक्त लगानीमा बनेका ट्रान्समिसन लाइनको विषयमा ५०/५० प्रतिशत हुँदा निर्णयार्थ गर्नुपर्ने विषयमा दुविधा हुने भएको अवस्थालाई मध्यनजर गरेर नेपालकोतर्फ नेपालको ५१ प्रतिशत र भारतको ४९ प्रतिशत र भारततर्फ भारतको ५१ र नेपालको ४९ प्रतिशत सहमति भएको उनले बताए ।

बंगलादेशतर्फ पनि ट्रान्समिसन लाइन बनाउने कुराको छलफल अघि बढेको मन्त्री खड्काको दाबी छ । अबका वर्षहरुमा कार्बन शून्य उत्सर्जनको लक्ष्य लिएको र सोहीअनुसार कार्बन ब्यापारको रकम प्राप्त गर्ने बताए ।

मन्त्री खड्काले भारत भ्रमण उपलब्धिमुलक रहेको र दुई देशबीचका सम्बन्ध अझ प्रगाढ भएको बताए ।