![](https://clickmandu.com/wp-content/uploads/2025/02/NMIC--768x376.jpeg)
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई निष्कासन गरेको सेयर बाँडफाँड गरेको छ ।
कम्पनीले विदेशमा रहेका नेपालीलाई २ लाख २५ हजार कित्ता सेयर माघ २९ गते बाँडफाँड गरेको हो ।
आईपीओमा रितपूर्वक ४५ हजार ९०६ आवेदनहरु मध्ये २२ हजार ५०० जना आवेदकहरुलाइ सेयर बाँडफाँड गरेको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले जनाएको छ ।
कम्पनीले जारी पू्ँजी ७५ करोड रुपैयाँकोे ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको २२ लाख ५० हजार कित्तामध्ये १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।
प्रतिक्रिया