![](https://clickmandu.com/wp-content/uploads/2022/07/Chandragiri-2-768x576.jpg)
काठमाडौं । चन्द्रागिरी हिल्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६ करोड ६४ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ५.७८ प्रतिशतले धेरै हो ।
गत आवको सोही अवधिमा कम्पनीले ६ करोड २८ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको थियो । चालु आवको पुस मसान्तसम्म कम्पनीको आम्दानी घटेको छ ।
पुस मसान्तसम्म ४२ करोड २५ लाख ३७ हजार रुपैयाँमा आम्दनी गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ७.५६ प्रतिशतले थोरै हो । गत आवको सोही अवधिमा ४५ करोड ७५ लाख ३७ हजार रुपैयाँ आम्दानी गरेको जनाएको छ ।
कम्पनीको आम्दानी घटेपनि प्रशासनिक खर्च भने बढेको छैन । प्रशासनिक खर्च ८.५५ प्रतिशतले घटेर ५ करोड २१ लाख रुपैयाँमा रहेको छ । जुन गत आवको सोही अवधिमा ५ करोड ६९ लाख ६८ हजार रुपैयाँ थियो । प्रशासनिक खर्च घट्दा नाफा बढेको देखिएको छ ।
पुस मसान्तसम्म कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ छ । पुस मसान्तसम्म प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३३ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ९९ रुपैयाँ ७३ पैसा छ ।
प्रतिक्रिया