भ्यालेन्टाइनको अवसरमा ईसेवा वालेटमा रेमिट्यान्स पठाएर ३० हजारसम्म जित्न सकिने


काठमाडौं । नेपालको अग्रणी डिजिटल रेमिट्यान्स सेवा प्रदायक, ईसेवा मनि ट्रान्सफरले विशेष ‘क्यासफुल भ्यालेन्टाइन’ अभियान सार्वजनिक गरेको छ . यस भ्यालेन्टाइन विकमा विदेशमा रहेका नेपालीहरूले ईसेवा वालेटमा रेमिट्यान्स पठाएर आकर्षक नगद पुरस्कार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।

फेब्रुअरी ७ देखि फेब्रुअरी १४, २०२५ सम्म सञ्चालन हुने यो विशेष अभियानमा, भाग्यशाली विजेताहरूले दैनिक पुरस्कार १५,०००, रोज डे (फेब्रुअरी ७) देखि किस डे (फेब्रुअरी १३) सम्म, हरेक दिन एकजना विजेतालाई र बम्पर पुरस्कार फेब्रुअरी १४, भ्यालेन्टाइन डे यानिकी प्रणय दिवस को विशेष अवसरमा ३० हजार जित्न सकिने ईसेवाले जनाएको छ ।

ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला भन्छन्, ‘भ्यालेन्टाइन डे भनेको माया व्यक्त गर्ने अवसर हो। यस अभियानमार्फत, विदेशमा रहेका नेपालीहरूले नेपालमा रहेका आफ्ना प्रियजनहरूसँग माया बाँड्ने एक अनमोल अवसर पाउनेछन् ।’

ईसेवा मनि ट्रान्सफरले परम्परागत शैली र डिजिटल माध्यमबाट इसेवा वालेट, बैंक तथा वित्तीय संस्थाहरू र आफ्ना भुक्तानी केन्द्रहरू मार्फत पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ईसेवा मनि ट्रान्सफर, नेपालभर फिनटेकमा आधारित भुक्तानी सेवाहरू मार्फत रेमिट्यान्स भुक्तानी प्रणाली सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।