सेयर बजारमा दोहोरो अंकको गिरावट, ४ विकास बैंकको मूल्यमा नकारात्मक सर्किट



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक १४.०८ अंकले घटेर परिसूचक २७१५.९१ बिन्दु कायम भएको छ ।

३१५ कम्पनीको १ करोड ६९ लाख १७ हजार ८३५ कित्ता सेयर ८ अर्ब ९१ करोड ९६लाख ९७ हजार ७७५ रुपैयाँको सेयर कारोबार भएको छ । बजार घट्दा कारोबार रकम समेत भटेको छ ।

कारोबारमा जलविद्युत र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी अन्य सबै समूहको उपसूचक राताम्मे भएको छ ।
कारोबारमा जोश हाइड्रोपावर कम्पनिको सेयर मूल्य सर्किट तह नजिक पुुगेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।