काठमाडौं । आइतबार सेयर बजारमा देखिएको रौनक सोमबार रोकिएको छ । यो दिन बजार मापन गर्ने सूचकमा सामान्य मात्रै सुधार देखिएको छ ।
बजारले आइतबारको ६९ अंकको उछाललाई कायम राख्न सकेन । बजारमा सामान्य मात्रै सुधार देखिँदा कारोबार रकममा भने परिसूचक जस्तो धेरै गिरावट देखिएको छैन ।
यो दिन बजार मापन गर्ने सूचक २.४१ अंकले बढेर परिसूचक २७३० बिन्दु कायम भएको छ । यो दिन बजार स्थिर प्राय बनेको छ । ३१९ कम्पनीको २ करोड ३७ लाख ७० हजार ३४८ कित्ता सेयर ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार रुपैयाँमा किनबेच भएको छ ।
कारोबारमा बैंकिङ, ट्रेडिङ, निर्जीबन बिमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, जीवन बिमा समूहको उपसूचक हरियो बनेको छ ।
कारोबारमा उपकार लघुवित्त र भुुगोल इनर्जी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ग्रिन डेभलपमेन्ट बैंक र रिभर फल्स पावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया