काठमाडौ । लुम्बिनी सेरामिक्स कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले उक्त सेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्गलाई नियुक्त गरेको छ ।
सम्झौतामा लुम्बिनी सेरामिक्सका संचालक श्याम सुन्दर खेतान र नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।
लामिनार टाईल्स सत प्रतिशत भिट्रीफाईड टाईल्स भएको कम्पनीको दाबी छ । यसको उत्पादन लुम्बिनी सेरामिक्स लिमिटेड अन्तर्गत पर्दछ ।
लामिनार टाईल्स् नेपाली उपभोक्ताहरुका लागि अन्तर्राष्ट्रिय गुणस्तरको मापदण्ड पुरा गर्ने, विविध विकल्पहरु प्रदान गर्ने र उच्च गुणस्तरको टाईल्सहरु उपलब्ध गराउने मुख्य उद्देश्यका साथ उत्पादन सुरु गरिएको जनाएको छ । यसको उत्पादन प्लान्ट बर्दियाको गुलरियामा १२.५ बिघा क्षेत्रफलमा फैलिएको छ ।
प्रतिक्रिया